749,867 total views, 286 views today
काठमाडौँ – सामान्यतया यमपञ्चक अर्थात् तिहार कात्तिक महिनामै पर्ने गर्छ । तर यस वर्ष असोजमा परेको अधिकमासका कारण दशैँ र तिहार ठ्याक्कै एक महिना पर धकेलिएको छ । फलस्वरूप तिहार कात्तिकको अन्त्यमा शुरु भयो भने भाइटीका त मंसिर संक्रान्तिमै पुग्यो । कतिपयले मंसिरमा परेको भाइटीकामा टीका लगाउन नहुने तर्क गरिरहेका छन् । यस्तो कहिल्यै नभोगेका सर्वसाधारण भने अन्योलमा परेका छन् । तर धर्मशास्त्र तथा ज्योतिषशास्त्रविद् भने मंसिरमा टीका लगाउन नहुने शास्त्रीय प्रमाण नरहेको दाबी गर्छन् । सौरगणना अनुसार मंसिर महिनामा परे पनि भाइटीका चान्द्रमानअनुसार कार्तिक शुक्ल द्वितीयामै पर्ने उनीहरूको तर्क छ ।
नेपालमा धर्मसंस्कृतिका निर्णय गर्ने र पात्रो छाप्न स्वीकृति दिने पञ्चांग निर्णायक समितिले समेत भाइटीकाबारे भ्रममा नपर्न आग्रह गरिसकेको छ । यो वर्ष भाइटीकाको उत्तम साइत मंसिर १ गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जानकारी दिएको छ । तर सूर्योदयको तिथिलाई आधार मानेर धार्मिक कार्य गर्ने नेवार समुदायका कतिपयले भने मंसिर दुई गते भाइटीका लगाउँदैछन् ।
अन्य खवर
१९९० सालमा भूकम्प गएको सम्झनामा आज देशभर राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
देशभर आज र भोलि भिटामिन ए, जुकाको औषधि र बालभिटा खुवाइँदै
जनकपुरमा पूर्व राजा र हिन्दु धर्मको पक्षमा जनलहर