जुन 17, 2025

पूर्वमन्त्री भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज निधन

 787,527 total views,  149 views today

gauchan

कात्तिक २७, काठमाडौँ

पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका-१ पिप्लेका गौतमको आफ्नै घरमा निधन भएको हो । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो । गौतम पूर्व भूमिसुधारमन्त्री, संविधानसभा सदस्य एवं तनहुँको कम्युनिस्ट आन्दोलनका अगुवा नेता हुनुहुन्थ्यो । गौतमका श्रीमती, दुई छोरा र चार छोरी छन् ।