मे 11, 2025

बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज हुँदै

 772,061 total views,  606 views today

कार्तिक २६, काठमाडौँ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयनविरूद्ध सर्वोच्च अदालतमा परेको रिटविरूद्ध आज सुनुवाई हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नुभएको थियो । तर, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीशमा कोरोना संक्रमण भएपछि सरेको सुनुवाइ दशैँअघि सरेको थियो ।