749,353 total views, 304 views today
कार्तिक २४, काठमाडौं
नेपाल विद्युत प्रधिकरणमा हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुत्त गरिएकाे छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
अर्को व्यवस्था नहुँदासम्मका लागि मन्त्रालयले शाक्यलाई निमित्तको जिम्मेवारी दिएको मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए ।
शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले शाक्यलाई एनईए इन्जिनियरिङबाट प्राधिकरणमा फिर्ता बोलाउन निर्देशन दिएका थिए । आइतबार शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी पदमा नियुक्ति दिइएको हो ।
यसअघि कुलमान घिसिङको कार्यकाल सकिएपछि लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिइएको थियो । अब अर्को व्यवस्था नहुन्जेल शाक्यले विद्युत प्राधिकरणको नेतृत्व सम्हाल्ने प्रवक्ता अर्यालले बताए ।
There is certainly a great deal to know about this topic. Donni Griffith Hertberg