749,466 total views, 417 views today
कार्तिक २०, वासिङ्टन
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जो बाइडनले हालसम्मकै अत्याधिक मत ल्याएर नयाँ रेकड बनाएका छन् । उनले २००८ मा बाराक ओबामाले बनाएको रेकड तोडेका हुन् ।
यूयस टुडेका अनुसार २००८ को राष्ट्रपतीय निवार्चनमा ओबामाले ६ करोड ९८ लाख ५ सय १६ मत प्राप्त गरेर त्यति बेलासम्मको सर्वाधिक मत प्राप्त गर्ने राष्ट्रपति बनेका थिए । बाइडनले हालसम्म ७ करोडभन्दा बढी मत ल्याएर ओबामाको उक्त रेकड तोड्न सफल भएका हुन् ।
ट्रम्पले पनि रेकड तोड्न सक्ने सम्भावना देखिएको छ । हालसम्मको मत गणनामा उनले ६ करोड ८५ लाख भन्दा बढी मत ल्याइसकेको हुनाले उनले पनि रेकड तोड्न सक्ने सम्भावना देखिएको हो।
यद्यपि रेकड तोड्दैमा जित हासिल हुन्छ भन्ने ज्ञारेन्ट छैन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पपुलर मतको आधारमा नभइ इलेक्ट्रोल कलेज मतको आधारमा राष्ट्रपति चुनिने गर्दछ ।
हालसम्म बाइडेनले २६४ इलेक्ट्रोल कलेज मत प्राप्त गरेका छन् भने ट्रम्पले २१४ इलेक्ट्रोल कलेज मत प्राप्त गरेका छन् । मतगणना अझै जारी छ । मतगणना सकिन एकहप्तासम्म लाग्न सक्ने आकलन गरिएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई