749,803 total views, 222 views today
कार्तिक १९ , काठमाडौँ
भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । उनी भारतीय सैनिकको विशेष विमानमार्फत त्रिभुवन विमास्थलमा उत्रिएका हुन् । विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन् ।
उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ ।
बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्ने नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान