749,510 total views, 461 views today
कार्तिक १९, वासिङ्टन
अमेरिकामा राष्ट्रपतीय चुनावको अन्तिम नतिजा आउनु अगावै दुवै प्रतिस्पर्धीले नतिजा आफ्नो पक्षमा आउने दाबी गरेका छन् । समाजिक सञ्जाल ट्विटर मार्फत् उनीहरूले उक्त दाबी गरेका हुन् ।
वर्तमान राष्ट्रपति समेत रहेका डोनाल्ड ट्रम्पले ‘आज राती जित उद्घोष गर्नेछु’ भनेर ट्विट गरेका छन् भने यता ट्रम्पका प्रतिस्पर्धी जो बाइडनले ‘हामी जीत उन्मूख छौँ ’ भनेर ट्विट गरेका छन् ।
अमेरिकी चुनावमा माैन अबधि नहुने भएकाे हुनाले चुनावकाे अन्तिमसम्म पनि प्रचारार्थ अभिव्यक्ति दिन पाईने राजनीतिक विश्लेषक प्रा. कृष्ण पाेखरेलले स्टेटस् खबरलाई जानकारी दिए । यसलाई अमेरिकीहरू अाफ्नाे वाक् स्वतन्त्रता मान्ने पाेखरेलले बताए ।
ट्रम्प रिपब्लिकन पार्टीका उम्मेदार हुन भने बाइडन डेमोकेट्रिक पार्टीका उम्मेदार हुन् । अमेरिकी राष्ट्रपतिको लागि यी दुई राजनीतिक पार्टी बिच प्रतिस्पर्धा हुने गर्दछ ।
ट्रम्प र बाइडन बीच कडा प्रतिस्पर्धा भइरहेता पनि हालसम्मको नतिजा अनुसार ५३८ इलेक्टोरल मध्ये बाइडन २२५ सिट प्राप्त गरेर अग्रस्थानमा छन् । ट्रम्पलाई हालसम्म २१३ सिट प्राप्त भएको छ । राष्ट्रपति चुनिनका लागि २७० सिटको आवश्यकता पर्दछ । सन् १९९२ को निर्वाचनमा पदासीन राष्ट्रपति जर्ज एच डब्ल्यू बुश पराजित भएका थिए ।
अधिकांश राज्यमा मतदान सकिसकेर नतिजा आउन सुरु भइसकेको भएता पनि केहि राज्यमा भने मतदान सकिएकाे छैन् । यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका छन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई