डिसेम्बर 24, 2024

अमेरिकी राष्ट्रपतीय चुनावको मत परिणाम आउन सुरू, बाइडेनलाई सुरूवाती अग्रता

 749,669 total views,  88 views today

कार्तिक १९, काठमाडौँ
अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सम्पन्न भएको छ । इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् । पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ। कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए।
मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन् । ५० राज्यमध्ये यो समाचार तयार पार्दासम्म १७ राज्यको मतपरिणाम सार्वजनिक भएको छ । १७ राज्यको मतपरिणाम सार्वजनिक हुँदा प्रतिस्पर्धी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन् ।

बीबीसीका अनुसार घोषित मतपरिणाम अनुसार २७० इलेक्ट्रोरल मतमध्ये डेमोक्रेटिक उम्मेदवार बाइडेनले ८९ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले ६३ मत प्राप्त गरेका छन् ।