डिसेम्बर 24, 2024

जनता खान नपाएर मरिरहेका छन् ,कम्युनिष्ट नेताहरु भने पदीय भागवण्डामै व्यस्त

 749,961 total views,  380 views today

nekapa yemale

कार्तिक १८, काठमाडौँ

देश यतिबेला विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले अस्तव्यस्त भएको छ । जनता दैनिक गुजारा चलाउन नसकेर भोकभोकै मरिरहेका छन् । देशको अर्थतन्त्र डामाडोल भएको छ । देश झन्झन् दयनीय अवस्थामा पुगेको छ । कारोना भाइरसका कारण दैनिक २० जना भन्दामाथिको ज्यान गइरहेको छ । विरामीले उपचार नपाएर छटपटाइरहेका छन् । कोरोना महामारीले देश कस्तो अवस्थामा छ ? जनताको घरमा चुल्हो बलेको छ कि छैन ? भोका नांगाहरुको अवस्था कस्तो छ ? देशको अर्थतन्त्र कस्तो छ र कसरी सुधार गर्ने ? यस्ता गम्भीर विषयमा आजकल नेपालको सरकारले कुनै छलफल गर्दैन । कोरोना कसरी नियन्त्रण गर्ने ? भन्ने ठोस कार्यक्रम छैन,जनता मरे मरुन, बाँचे बाँचन, सत्तारुढ नेकपामा यो सरकार कसरी टिकाउने र यो सरकार कसरी ढाल्ने यहीं मुख्य चिन्ता छ । नेकपाले पाँच वर्ष त सरकार जोगाउनमै खर्च गर्ने जस्तो देखियो । अहिले पनि यहीं तमासा चलिरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले आइतबार सार्वजनिक ? पमै पार्टी फुट्न लागेकोले जोगाई दिन नेता, कार्यकर्तामा आग्रह गरेपछि नेकपा विभाजनको संघारमा पुगेको विश्लेषण भइरहेको छ ।
कोरोना महामारीका कारण मुलुक र जनता निस्सासिरहेको बेला नेकपाका नेताहरु चाहिँ आफ्नो व्यक्तिगत रमाइलो र स्वार्थमा केन्द्रीत हुन थालेको झल्को दिने गरी नेकपा भित्रको विवाद पटक पटक सार्वजनिक भइरहेको छ ।
कोरोना महामारी नियन्त्रण गर्न नसक्दा जनता मरिरहेका छन् । तर पनि सरकार असक्षम भएको भनेर जनता विद्रोहमा उत्रिएका छैनन् । यतिबेला नेपाली राजनीतिमा चलेको यो हानिकारक हुरी बतासले के के फेरबदल गर्छ अहिले नै भन्न सकिन्न । तर यो अनिष्टको संकेत भएको विज्ञहरुको विश्लेषण छ ।