डिसेम्बर 24, 2024

 749,875 total views,  294 views today

nekapa yemale

कार्तिक १७, काठमाडौं

पछिल्लाे समय नेकपामा विवाद चुलिएकाे छ । १२ दिनकाे संवादहिनता पछिकाे नेकपा अध्यक्षद्वयकाे भेटमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा अोलीले अर्का अध्यक्षलाई पार्टी फुटाउने प्रस्ताव गरेपछि विवाद चुलिएकाे हाे ।

भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्त कुमार गाेयलकाे प्रधानमन्त्रीसँग भेटपछि पार्टीमा विवाद बढेकाे जानकारहरू बताउछन् ।

विवादकाे मुख्य कारण भने कर्णाली प्रदेशमा अाफ्नै पार्टीका सांसदले मुख्यमन्त्री विरुद्ध हालेकाे अविश्वास प्रस्ताव भन्ने बुझिएकाे छ ।

यसअघि पनि पार्टीमा कार्यकारी प्रमुखकाे भुमिका रहेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अाेलीले सरकार एकलाैटी ढङ्गले चलाउदै अाएकाे अाराेप लगाउदै अाएका थिए । यद्यपि त्यसबेला चिनियाँ राजदुत हउ यान्छिकाे घर दैलाे कार्यक्रमपछि सतहमा अाईसकेकाे नेकपा विवाद टरेकाे थियाे ।

अाइतबार खुमलटारमा प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा अाेलीले पार्टी फुटाउन प्रस्ताव राखेकाे ब्रिफिङ् गरेपछि पार्टीमा फेरि हलचल सुरू भएकाे छ ।

यता अाेली निकट नेताहरूले भने अाेलीले त्यसाे नभनेकाे दाबी गरेका छन् ।

अाज दिनभर जसाे नेकपाका नेताहरू दाैडधुपमा रहेका छन् । पूर्वमाओवादीबाट स्थायी समिति सदस्य बनेका देवेन्द्र पौडेलले एकता बचाउन विभिन्न छलफल र संवादलाई निरन्तरता दिन लागिपरेको बताएका छन् ।