डिसेम्बर 23, 2024

क्लिनफिड पूर्णरूपमा लागू गर्न अझै धेरै चुनौती

 749,421 total views,  372 views today

Hindi Channel Lists

कार्तिक १७,  काठमाडौँ

नेपालमा प्रसारण क्लिनफिड अर्थात् विदेशीविज्ञापनरहित टेलिभिजन प्रसारण नीति लागु भएको हप्तादिन नाघिसक्यो । तर वितरकहरू भने विभिन्न बहाना बनाएर विदेशी टेलिभिजन प्रसाण रोकेर बसेका छन् । एक वर्ष लामो अवधिसम्म पनि तयारी नगरेर नीति लागु भइसकेपछि प्रसारण बन्द गर्नुको अर्थ के होला ? शुल्क बढाउन सरकारसँग बार्गेनिङ ? वितरकका अनुसार क्लिनफिडका लागि प्रयोग हुने उपकरण खरिद र सञ्चालन तथा स्याटेलाइटको लागत बढ्ने भएकाले शुल्क बढाउनुपर्ने तर्क गर्छन् ।

तर अहिले क्लिन फिडका कारण कतिपय विदेशी च्यानल बन्द भएकाले तत्कालनका लागि शुल्क बढाइहाल्नुपर्ने अवस्था नरहेको कतिपयको भनाइ छ । नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल विदेशी टेलिभिजन प्रसारणमा क्लिन फिड लागू भएपनि नेपाली टेलिभिजनबाटै डब विज्ञापन प्रसारण भइरहेकाले चुनौती बाँकी रहेको धारणा राख्छन् ।

सञ्चारविज्ञ लक्ष्मण हुमागाईँ विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले धेरै चुनौती रहेको बताउँछन् । विज्ञापनदाता, विज्ञापन एजेन्सी, विज्ञापन कर्ममा लागेका व्यक्ति, उद्योगपति व्यापारी, र उपभोक्ता गरी पाँचवटै पक्षलाई समन्वय गर्नुपर्ने उनको तर्क छ ।

सरकारले २०७६ कात्तिक ८ गते देखि विज्ञापन नीति लागू गरेको थियो । यसलाई कार्यान्वयनमा ल्याउन एक वर्षको समय दिइएको थियो । कात्तिक ७ गते पछि क्लिनफिड लागू पनि भयो तर आवश्यक तयारी नपुगेको भन्दै अधिकांश विदेशी च्यानल बन्द गरिएका छन् । उपभोक्ताले शुल्क तिरेर पनि सेवा उपभोग गर्न पाएका छैनन् । सरोकारवाला पनि क्लिनफिड पूर्णरूपमा लागू गर्न अझै धेरै चुनौती रहेको बताउँछन् ।