डिसेम्बर 24, 2024

आज महानवमी पर्व मनाईदै

 749,622 total views,  41 views today

कार्तिक ९, काठमाडौं

आज बडा दसैंकाे नवौं दिन देशभरका हिन्दु धर्मावलम्बीले महानवमी पर्व मनाउदै छन् । घटस्थापनामा राखिएकाे जमरा शक्तिपीठमा चढाउनुका साथै कुखुरा, हाँस, बाेका, राँगा र भेडा बलि दिई आज दुर्गा भवानीकाे विशेष पुजा आरधना गर्ने गरिन्छ । पशुबलि नदिनेहरूले कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल बलि दिने गर्दछन् । साथै कलपुर्जा, हातहतियार तथा सवारीसाधनकाे पनि पुजा गरिन्छ । दुई वर्षदेखि दसवर्ष भित्रकाे कन्याको पनि पुजा गर्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।हरेक वर्ष महानवमीकाे दिन काठमाडौंकाे हनुमानढोका दरबार परिसरमा रहेकाे तलेजु भवानीकाे मन्दिर सर्वसाधारण भक्तालुकाे लागि खाेलिने प्रचलन रहेकाे छ । तर यसपलि काेराेना महामारीका कारण कुनै पनि धर्मस्थलहरू नखाेल्ने सरकारले निर्णय गरे बमोजिम तलेजु भवानीकाे मन्दिर पनि नखाेल्ने भएकाे छ ।