749,766 total views, 185 views today
धनुषा , कार्तिक ०५ गते ।
कोरोना संक्रमितहरु मध्ये विपन्न , असहाय र गरीव बाहेकलाई संघीय सरकारले उपचार नगर्ने निर्णय सार्वजनिक गरे लगतै प्रदेश २ सरकारले प्रदेश भित्र संक्रमितलाई नि: शुल्क उपचार गर्ने जनाएको छ । संघीय सरकारले संक्रमितको ऊपचार न गर्ने भन्नासाथ प्रदेश २ का मुख्य मन्त्री लालबाबू राउतले संघीय सरकारलाई चुनौती दिदै यस्तो घोषणा गरेका हुन । ‘प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचार र परीक्षणमा सम्पूर्ण सहयोग गर्नेछ ’ मुख्यमन्त्री लालबाबु राउतले भने, कोरोना भाइरस संक्रमितको उपचारमा कुनै कमि आउन दिने छैन् ।प्रदेश २ मा संघीय सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि विशेष सहयोग उपलब्ध नगराएको आरोप लगाउँदै मुख्यमंत्री राउतले अगामी दिनमापनि प्रदेशले सम्पूर्ण सहयोग गर्ने बताए। प्रदेश सरकारले सबै जिल्लामा कोरोना भाइरस संक्रमितको उपचारको प्रबन्ध मिलाएको जनाउँदै मुख्यमन्त्री राउतले संघीय सरकारले खर्च नदिएपनि प्रदेश सरकारले सहयोगलाई निरन्तरता दिने बताए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितहरुले उपचार खर्च स्वयं नै ब्यहोर्नुपर्ने सुचना सार्वजनिक गरेपछि संघीय सरकारको सर्वत्र आलोचना भइरहेकोछ । ‘प्रत्येक नागरिकले स्वास्थ्य ऊपचार पाउने मौलिक हुँदा हुंदै संघीय सरकारको यो निर्णय संबिधान र कानून विपरीत रहेको मुख्यमन्त्री राउतले भने, कोरोना भाइरस सम्बन्धी टेस्टहरुपनि प्रदेश २ भित्र नि: शुल्क रुपमा नै हुनेछ ।’प्रदेशमा कोरोनाको अवस्था :प्रदेश २ मा मंगलवार थप ७९ जना संक्रमित थपिएसँगै कुलसंख्या १५ हजार १७ पुगेको छ । त्यस्तै यस प्रदेशमा निको हुनेको संख्या १३ हजार ७ पुगेको छ । यस प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६२ पुगेको छ । कोरोनाबाट सबैभन्दा बढी पर्सामा ४७, सप्तरीमा २३, बारा, धनुषा, १८/१८, महोत्तरीमा १७, सिरहामा १६, सर्लाहीमा १३, रौतहटमा ९ र १ जना भारतीय नागरिकको मृत्यु भएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई