अप्रिल 12, 2025

वडावासिलाई स्वास्थ्य प्याकेज….

 764,969 total views,  280 views today

बालबालिका, गर्भवती महिला एवं ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने जनकपुको पहिलो वडा ७ को घोषणा

धनुषा, कार्तिक ०४ गते ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले आफ्नो वडाका बालबालिका, गर्भवती महिला एवं ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने घोषणा गरेका छन् । विजयादशमीको अवसरमा आज (मंगलबार) वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच वडाध्यक्ष साहले आफु पदमा रहुञ्जेल उनीहरुलाई निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् । उनले बालबालिकालाई जनकपुर बाल अस्पताल र शिखा बाल क्लिनीक तथा गर्भवती महिलाको अल्ट्रासाण्ड डा.शम्भू साहले सञ्चालन गरेको स्वस्तिक अल्ट्रासाण्डमा वडाको सिफारिशमा निःशुल्क गरिने बताए । बिरामीका लागि सामान्य प्याथोलोजी सेवा जस्तै ब्लड, दिशा तथा पिसाब जाँच वडाको सिफारिसको आधारमा निःशुल्क गरिने उनले जानकारी दिए । गर्भवती महिलाको उपचार डा.जियाउल हक, ज्येष्ठ नागरिकलाई डा.श्रीराम शर्मा र बालबालिकालाई डा.मोहम्मद जाफर राईनले बिना शुल्क उपचार सेवा प्रदान गर्ने वडाध्यक्ष साहले बताए । त्यस्तै, नगर सरसफाइका लागि कुनैपनि संघ संस्था अथवा सरसफाइ अभियानीले फोहोर व्यवस्थापनका लागि आफुसँग गाडी सहयोग स्वरुप लिन चाहेमा छठ पर्वसम्म व्यक्तिगत तर्फबाट उनीहरुलाई गाडी समेत निःशुल्क उपलब्ध गराउने वडाध्यक्ष साहले घोषणा गरेका छन् ।जनकपुरधाम उप महानगर पालिकामा जम्मा २५ ओटा वार्ड रहेको छ । जसमध्ये यो नै पहिलो वड़ा हो जसले आफ्नो वार्डको बासिन्दाको लागि यस प्रकारको निशुल्क स्वास्थ्य ऊपचारको लागि घोषणा गरेको हो ।