अप्रिल 18, 2025

४० वर्षीय ज्यासिन्डा दोस्रो पटक प्रधानमन्त्री

 766,127 total views,  240 views today

Prime Minister

PM of New Zealand

न्यूजिल्यान्डका मतदाताले ४० वर्षीय ज्यासिन्डा आर्डेनलाई दोस्रो पटक प्रधानमन्त्री बनाउनका लागि अत्याधिक मत दिएका छन् । यस अघि उनी २०१७ मा ३७ वर्षको उमेर छदा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । 
मिश्रित तथा समानुपतिक मतदान प्रणाली सुरुभएको २४ वर्षको इतिहासमा पहिलो पटक ज्यासिन्डाको मध्य वामपन्थी लेबर पार्टीले ४९ प्रतिसत मत ( प्रारम्भिक नतिजा अनुसार ) ल्याएर अत्याधिक मत प्राप्त गर्ने पहिलो पार्टी बनेको छ । यस अघि एउटै पार्टीले यो सङ्ख्यामा मत ल्याएको थिएन । 
कोरोना महामारीको कुशलता पुर्वक नियन्त्रण कार्यमा लागेको हुनेले ज्यासिन्डा देशभित्र मात्र नभइ विश्वभरी नै चर्चामा छिन् । ज्यूजिल्यान्डमा हालसम्म जम्मा कोरोना संक्रमित सङ्ख्या १८८६ छ । जसमध्य १८१९ जना संक्रमण मुक्त भइसकेका छन् भने २५ जनाले ज्यान गुमाएका छन् । ज्यासिन्डाको कोरोना नियन्त्रणको सफल रणनीतिले पनि उनलाई जनता माझ थप लोकप्रिय बनाएको हो । जसको परिणाम स्वारुप उनको पार्टीले अत्याधिक मत ल्याउन सफल भएको छ ।