डिसेम्बर 24, 2024

धनुषाको बिभिन्न स्थानबाट लाखौ मूल्य वराबरको अवैध भन्सार चोरी निकासीका समानहरू पक्राउ

 749,751 total views,  170 views today

धनुषा, कार्तिक २ गते ।

धनुषाको विभिन्न नगरपालिका र गाउपलिका बाट ११ लाख ५३ हजार ४५० रुपैया मोल बराबरका अवैध भन्सार चोरी निकासीका समानहरू धनुषा प्रहरीले पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाएको छ ।

धनुषा प्रहरीले बिदेह नगर पालिका वडा नं. १ ठाडिमा चेक जांचको क्रममा गाड़ी सहित भन्सार छली लाँदै गरेको रु.८० हजार मूल्य बराबरको मटर ( केराउ) २५ के.जी को ४० बोरा ८६ हजार मूल्य वराबरको कालो मरिच २५ के.जी.को ६ बोरा पांच हजार भन्दा बढि मूल्यको सुकमेल ४ के.जी रू ११ हजार मूल्य बराबरको छहोरा र पांच लाख मूल्यांकन को आउटा म्याजिक गाडी पक्राउ गरेर भन्सारलाई बुझाएको धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिएका छन । मिश्रका अनुसार म्याजिकका चालक जिल्ला धनुषा बिदेह नगर पालिका वडा नं. ६ बस्ने वर्ष ४५ को शिव कुमार झा र सोही गाडीमा सवार रहेका जिल्ला धनुषा बिदेह नगर पालिका वडा नं. १ मा बस्ने वर्ष २२ को अजय कुमार साह समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको बताए । त्यस्तै धनुषा नगराईन नगर पालिका वडा नं. २ जटहीबाट प्रहरीले सार्वजनिक बाटोमा वेवारिसे अवस्थामा रहेको एक लाख २८ हजार मुल्य बराबरको मटर ( केराउ ) २५ के.जी. को ६४ बोरा र ६ हजार बढि मूल्यको सोफीनामक मदिरा ३०० एमएलको ६८७ बोतल पक्राउ गरेर आवश्यक कार्वाहीको लागि पठाईएको छ भन्ने धनुषाकै औरही गाउँ पालिका वडा नं. १ बाट प्रहरी टोलीले ५६ हजार मूल्य बरवारको भन्सार छलि ल्याएका मटर २५ के.जी को १४ बोरा,खाध मल -५ बोरा, चिनी ५० के.जी. को २ बोरा, छोहोरा १५० के.जी. बरामद गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको प्रहरीले जनाएको हो । धनुषाधाम न.पा.-३ स्थित धनुषाधामबजरा बाट प्रहरी टोलीले अबैधरुपमा भन्सार छली चोरी निकासी गरी ल्याएको ४ वटा पोकामा रू. २ लाख ७८ हजार मूल्य बराबरको बिभिन्न किसिमका लत्ताकपडाहरु नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको छ ।