डिसेम्बर 23, 2024

३३ घरधुरीलाई १६५ वटा बाख्रा र उन्नत जातको ५ बोका हस्तान्तरण

 749,579 total views,  530 views today

धनुषा , आश्विन २९ गते ।

धनुषाको उत्तर पूर्वमा रहेको गणेशमान चारनाथ नगरपालिकामा कोभीड़ १९ संक्रमणको बेला निषेधाज्ञा र लकडाउन विच रोजगारी गुमाएका अतिविपन्न व्यक्तिलाई परिवार पिच्छे बाख्रा र बोका हस्तान्तरण गरिएको छ ।यू.एन.डि.पी.र सामुदायिक सुधार केन्द्र धनुषाको संयुक्त साझेदारीमा संचालित परियोजनाले गणेशमान चारनाथ नगरपालिकाको वाडा नम्बर १ र ५ मा कोरोना महामारीबाट प्रभावित अतिविपन्न तथा गरिव परिवारहरुलाई आर्थिक उन्नतिमा टेवा पुग्ने गरी सो बाख्रा वितण गरिएको छ ।प्रत्येक किसानलाई ५ वटा वाख्राको दरले कुल जम्मा ३३ घरधुरीलाई १६५ वटा बाख्रा वितरण गरिएको छ साथै ५ वटा घरपरिवारलाई उन्नत जातको बोका हस्तान्तरण गरिएको सामुदायिक सुधार केन्द धनुषाका अध्यक्ष संजय साहले वताए ।सामुदायिक सुधार केन्द्रका परियोजना संयोजक राम दुलार यादवले कोभिड-१९ बाट प्रभावित परिवारहरुलाई सामाजिक तथा आर्थिक पुर्नलाभका साथै व्यवसायिक बाख्रा पालनमा समेत ठुलो सहयोग हुने तर्क गर्छन ।हस्तान्तरण गरिएका बाख्राहरुलाई पशु चिकित्सक टोलीले बाख्राहरुलाई चेक जाँच गरि लिभर टनिक र जुकाको औषधीहरु खुवाईएको थियो । बाख्राहरुलाई व्यवस्थित बासस्थानका लागि ३३ वटा बाख्राको खोर समेत निर्माण गर्ने र स्थानिय माँग अनुसारको पौष्टिक अहारहरु समेत उपलब्ध गराउने लक्ष्य रहेको छ ।गणेशमान चारनाथ नगरपालिका १ मा ललिता लामा, सुरेश महरा लगायतका परिवार बाख्रा पाएर खुशी छन । कोराना भाइरस महामारीले रोजगारी गुमाएका अतिविपन्न तथा गरीव परिवारहरुले बाख्रा र बोका पाएर धेरै खुश छन । दुइ चार महिनामा मैं बाख्रा आम्दानीको स्रोत बन्नेमा ढुक्क छन किसाहरु ।बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो । बाख्रा बोभिड परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ सहपरिवार अन्तर्गत पर्दछन । बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ । बाख्रालाई मासु, दुध, ऊन र मलको लागि किसानहरूले पालन गरेको पाइन्छ । बाख्राहरू विभिन्न प्रजातीको हुन्छन् ।खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन्।नेपाल वाहिर का आयातित जातहरू मा जमुनापारि, बारबारी, सानन्, विटल, सिरोही र बोचर प्रमुख छन बिशेष गरी मासुको लागि पालिन्छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा मात्र सयंकड़ो व्यक्ति बाख्रा पालनमा लागेका छन ।