Site icon States Khabar

नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई

२३ फागुन २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेल नेतृत्वकाे पार्टीले पाएकाे छ । एमाले र माअाेवादी पार्टी एकीकरण हुँदा एकीकृत पार्टीकाे नाम नेपाल कम्युनिस्ट पार्टी राखेपछि अाफ्नाे पार्टीकाे नामसँग नाम राखिएकाे भन्दै ऋषि कट्टेलले सर्वाेच्च अदालतमा मुद्दा हालेका थिए ।

साेहि मुद्दाकाे अन्तिम फैसला गर्दै सर्वोच्च अदालतले अाज कट्टेलकै पक्षमा फैसला सुनाएकाे हाे ।

योसँगै एमाले र माओवादीबीच एकीकरण भएर दर्ता भएको नेकपा खारेज भएको छ।

नेकपाबीच पार्टीको आधिकारिकताका विषयमा विषयमा निर्वाचन आयोगमा मुद्दा चलिरहेका बेला अदालतको यस्तो फैसला आएको हो।

Exit mobile version