जुन 15, 2025

नेपालमा अब कुनै पनि हिंसात्मक द्वन्द्व नरहेको प्रधानमन्त्रीकाे भनाई

 786,924 total views,  49 views today

प्रधानमन्त्री केपी ओलीले नेपालमा अब कुनै पनि हिंसात्मक द्वन्द्व नरहेको बताएका छन्। विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमतिपछि राष्ट्रिय सभामा अायाेजीत एक कार्यक्रममासम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शुक्रबार यस्तो बताएका हुन्।

विप्लव हिंसात्मक द्वन्द्व त्यागेर अहिंसात्मक गतिविधिद्वारा अाफ्नाे राजनीति अगाडि बढाउने प्रतिवद्धता गरेपछि अाेलीले भने, “अब नेपालमा हिंसात्मक बाटो छैन। हिंसात्मक कार्यदिशा कसैले पनि लिएर हिँडेको छैन।”

शान्तिको बाटोमा आएर विप्लवले साहसिक काम गरेको भन्दै उनले भने यो फोर्सल्याण्डिङ, क्रास ल्याण्डिङ नभएर सेफल्याण्डिङ भएकाे बताए ।