डिसेम्बर 23, 2024

सरकार र विप्लव समूह बिच ३ बुँदे सहमति, शुक्रबार प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बाेधन गर्ने

 749,250 total views,  201 views today

२० फागुन २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा अाेली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकै मञ्चबाट सम्बाेधन गर्ने भएका छन् । सरकार र विप्लव समूह बिच बिहिवार भएकाे ३ बुँदे सहमतिकाे विस्तृत जानकारी सहित प्रधानमन्त्री अाेली र विप्लवले शुक्रबार एकै मञ्चबाट सम्बाेधन गर्न लागेका हुन् ।

बिहिबार भएकनाे सहमतिमा विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन्।

सहमतिको विस्तृत विवरण फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने जनाइएकाे छ ।