764,654 total views, 108 views today

११ फागुन २०७७, काठमाडौं
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध, जनआन्दोलन लगायतका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको अपहरण गर्ने काम भएको बताएका छन् ।
‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले भने, ‘अहिलेको यो शान्तिपूर्ण युद्ध हामीले जसरी पनि जित्नुपर्छ। अदालतमा मुद्दा छ, सही फैसला गर्छ भन्ने हामीलाई पूर्ण विश्वास छ।’
नेकपा विभाजन गर्ने ठूलो षड्यन्त्र भइरहेको दाबी गर्दै अध्यक्ष दाहालले आफूहरु एकताबद्ध भएर पार्टीलाई जोगाउन लागेको बताए। ‘केपी ओलीले लोकतन्त्र र संविधानमात्रै होइन, पार्टीलाई नै समाप्त पार्ने काम गर्नुभएको छ,’ उनले भने।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई