प्रधानमन्त्री केपी शर्मा अाेलीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मलाको हत्यामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले प्रहरीलाई उक्त निर्देशन दिएका हुन् ।
‘बैतडीकी भागरथी भट्टको विभत्स हत्याको घटनामा प्रहरीले सफल अनुसन्धान गरेकोमा प्रहरीलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘अब निर्मला पन्तका बलात्कारी र हत्यारालाई पनि छिट्टै कानुनको दायरामा ल्याउने काम गर्नुस्।’
समाजमा शान्ति सुरक्षा कायम गर्ने, पीडितलाई न्याय र अपराधीलाई दण्ड दिने काम राज्यको भएको भन्दै उनले कसैको दबाबमा काम गर्न नहुने बताए।