पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र प्राप्तिका लागि १४ वर्षसम्म जेल बसेको धाक देखाउने प्रधानमन्त्री केपी ओली स्वयं लोकतन्त्रलाई संकटमा पार्न उद्यत रहेको अाराेप लगाएका छन् ।
अाज अायाेजित कांग्रेसका नेता शोभाकर पराजुलीद्वारा लिखित ‘समाजवाद’ र ‘बीपी विचारसंग्रह’ दुई पुस्तकको विमोचन कार्यक्रममा बाेल्दै डा. यादवले प्रधानमन्त्रीले संविधान उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गरेकाे भन्दै अापत्ति समेत जनाए ।
उनले वर्तमान राष्ट्रपति आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोपसमेत लगाए।
उनले भने, ‘सम्माननीय राष्ट्रपतिजी दलको नेत्री होइन, प्रधानमन्त्रीले सिफारिस गर्दा उनले कुलिङ पिरियड लिन सक्नुपर्थ्याे, विपक्षी दलहरुसँग छलफल गर्नुपर्थ्याे वा फिर्ता पठाउनुपर्थ्याे त्यो पनि नभए अदालतमा पठाउन सक्नुहुन्थ्यो तर त्यस्तो गर्नु भएन।’
दल विभाजनको अध्यादेश, राष्ट्रपतिद्वारा त्यसको सदर, संवैधानिक परिषद्मा आफ्ना मान्छेलाई भर्ती गर्नु लगायतका क्रमिक रुपमा लोकतन्त्रमाथि प्रहार हुँदै आइरहेको उनले बताए।
यादवले यस्तो परिस्थतिमा निर्वाचनमा जानु भनेको दलहरु आफ्नै टाउको फुटाउन बाहेक केही नरहेको पूर्वराष्ट्रपति यादवको भनाइ छ