Site icon States Khabar

झलनाथ खनाल दिल्ली उडे

SUNDAR SHRESTHA PHOTOJOURNALIST

२९ माघ २०७७, काठमाडौं

नेकपाका दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान गरेका छन्। स्वास्थ्य उपचारका लागि खनाल दिल्ली गएको उनको सचिवालयले जनाएको छ।

अाज बिहान ११ बजे उनी नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत् दिल्ली प्रस्थान गरेका हुन्।

खनाल नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

‘खनाल नियमित फलोअपका लागि दिल्ली गएका हुन्। उनी उपचार गरेर चारदिनपछि फर्किने कार्यक्रम छ।’ रिजालले जानकारी दिए , ‘भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा खनालको उपचार हुनेछ।’

Exit mobile version