डिसेम्बर 23, 2024

चीनमा बीबीसीको प्रसारण प्रतिबन्ध

 749,392 total views,  343 views today

काठमाडौँ – चीनले बीबीसीको प्रसारणमा देशभरी नै प्रतिबन्ध लगाउने घोषणा गरेको छ । चीनमा कुनै पनि रेडियो र टेलिभिजनबाट बीबीसी विश्व सेवाको प्रसारण नगर्ने निर्णय गरिएको हो । चीनले कोरोना भाइरस र चीनका अल्पसंख्यक आदिवासी वीगर समुदायका विषयमा बीबीसीले गरेको रिपोर्टिङका विषयमा आलोचना गरेको छ ।
बीबीसीले चीनको निर्णयले निरास बनाएको जनाएको छ । प्रसारणमा रोक लगाउने चीनको निर्णय ब्रिटिस मिडिया सम्बन्धी नियामक निकाय अफकमले बेलायतमा प्रसारण हुने चीनिया टेलिभिजन नेटवर्क सिजिटिएनको प्रसारण लाइसेन्स उल्ट्याएपछि आएको हो ।चीनको विश्व टेलिभिजन प्रसारण नेटवर्क सिजिटिनको बेलायतमा प्रसारण गर्न पाउने लाइसेन्सलाई अफकमले उल्ट्याइदिएको छ । सीजीटीएनको लाइसेन्स गलत तरिकाले स्टार चाइना मिडिया लिमिटेडले राखेको तथ्य सार्वजनिक भएपछि अफकमको लाइसेन्स रद्द गर्ने निर्णय गरेको हो