काठमाडौँ – ग्याल्बो र सोनाम ल्होसार शेर्पा र तामाङ समुदायले आज मनाउँदैछन् । तामाङ, लगायतका समुदायले सोनाम ल्होसार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् । भोट भाषाको दतुक पात्रो अनुसार माघ शुक्ल प्रतिपदाका दिनदेखि नयाँ बर्ष सुरु हुने भएकाले ल्होसार मनाउने गरिन्छ ।
आजबाट चरा बर्षलाई बिदाई गरि गोरु बर्षलाई स्वागत गरिएको छ । सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होसार मनाउँदैछन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसैबीच ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न प्रदेशका मुख्य मन्त्री हरुले शुभकामना व्यक्त गर्नुभएको छ ।