749,379 total views, 330 views today
काठमाडौँ– नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रक्राउ गर्न प्रहरी घरमै पुगेको छ । सोधपुछका लागि प्रहरी अपराध महाशाखाले बोलाएको थियो । तर झाँक्री आफैँ प्रहरीकोमा नपुगेपछि महाशाखाका प्रहरी टोली झाँक्रीलाई लिन प्रहरी टोली मीनभवनस्थत झाँक्रीको घरमै पुगेको हो ।
झाँक्रीले भनिन्, ‘मलाई लिन प्रहरीहरु आएका छन्, प्रहरीले केही सोधपुछ छ भनेको छ, अब जानै पर्याे नी ।’ केहीबेर अघि प्रहरी टोली झाँक्रीको घरमा पुगेको थियो । केही दिन अघिदेखि झाँक्रीले राष्ट्रपति विद्यादेवि भण्डारीको भूमिकाबारे कडा टिप्पणी गर्दै आएकी थिइन् । झाँक्रीलाई पक्राउ गरी कारवाही गर्न भन्दै राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली सहितले प्रहरीलाई दवाव दिँदै आएको श्रोतको दावी छ । यता महाशाखा प्रमुख एसएसपी दिपक थापाले भने यसबारे बोल्न चाहेनन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई