डिसेम्बर 23, 2024

प्रहरीले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलायो

 749,329 total views,  280 views today

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ । महानगरीय अपराध महाशाखाका एक अधिकारीले सोधपुछका लागि बोलाएको बताएका छन् । तर, झाँक्रीले भने प्रहरी कार्यालयमा जान अस्वीकार गर्नुभएको छ ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले झाँक्रीलाई कारबाही गर्न माग गरेको थियो । माथिल्लो तहबाटै कारबाही गर्न दबाब आएको एक प्रहरी अधिकारीले बताएका छन् ।