काठमाडौँ – चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै पटकपटक अनसनमा बस्दै आउनुभएका डा. गोविन्द केसीले पुनः अनसन बस्ने तयारी गर्नुभएको छ । यसपटक प्रतिनिधिसभा मार्न नदिन, संविधानको रक्षा गर्न र चिकित्सा शिक्षा सुधारको लागि २० औँ अनसन शुरू गर्न लागेको केसीले बताउनुभएको छ ।
अनसनबारे जानकारी दिन डा. केसीले आज सार्वजानिक स्थलमा कार्यक्रम गर्दै हुनुहुन्छ । केसीले माइतीघर मण्डलामा दिउँसो १ बजे २० औं अनसनबारे जानकारी दिने कार्यक्रम तय गरिएको छ ।