749,096 total views, 47 views today
२९ माघ, २०७७, काठमाडौं
बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि भएकाे छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको जानकारी दिएकाे हाे ।
पेट्रोल र डिजेलमा प्रतिलिटर २–२ रुपैयाँका दरले मुल्य वृद्धि गरेको निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिलिसिलिण्डर २५ रुपैयाँका दरले मूल्य बढाएको छ।
बुधबारको मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ, डिजलेको मूल्य प्रतिलिटर ९५ रुपैयाँ र ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय रुपैयाँ कायम भएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाइएको जानकारी दिए।
मूल्य बढाएपश्चात पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ १६ पैसा, डिजेलमा ३ रुपैयाँ र ग्याँसमा प्रतिसिलिण्डर २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको निगमले दाबी गरेको छ।
यसरी घाटा हुँदा निगमलाई अर्धमासिक रुपमा ७३ करोड ८७ लाख रुपैयाँ घाटा हुने निगमको दाबी छ।
अन्य खवर
घट्यो सुनको मूल्य
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो
आज सुनचाँदीको मूल्य स्थिर