749,381 total views, 332 views today
२८ माघ २०७७, काठमाडौं
नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय संघर्ष समितिका अनुसार पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट जुलुस निकालिने जानकारी प्राप्त भएकाे छ ।
ती पाँचै ठाँउबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने उक्त समूहकाे केन्द्रीय संघर्ष समितिले जनाएकाे हाे ।
पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेता प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदले गर्नेछन्।
त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन्।
त्यस्तै माइतीघरमा नेता अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्य, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदले नेतृत्व गर्ने कार्यक्रम तय गरिएको छ।
केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेश कमिटीका सदस्यले गर्ने संघर्ष समितले जनाएको छ।
जमलबाट निकाल्ने जुलुसमा लीलामणि पोखेल, केन्द्रीय कमिटी सदस्य, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्यले गर्ने बताइएको छ।
बिहान ११ बजे विभिन्न स्थानबाट निकालिएका जुलुस सुन्धारास्थित मूल जुलुसमा मिसिने छन्। मूल जुलुस मध्यान्ह १२ बजे सुरू हुने समितिले जनाएकाे छ।
प्रदर्शनमा सहभागी हुन अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले आह्वान गरेका छन्।
पुस ५ मा संसद् विघटन गरिएपछि नेकपा राजनीतिक रूपमा विभाजित भएको छ।
संसद् विघटनविरुद्ध दाहाल–नेपाल समूहले विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई