काठमाडौँ – सरकारले दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर आजदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप लगाउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको खोप लगाइसकेपछि जोखिमका आधारमा सूची तयार पारिएको जनाएको छ ।
माघ १४ देखि शनिबारसम्मको पहिलो चरणमा एक लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् । मन्त्रालयमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौंको सिभिल, शिक्षण, शहीद गंगालाल र ललितपुरको पाटन अस्पतालमा दोस्र्रो चरणको खोप लगाउने निर्णय भएको जानकारी दिनुभयो ।