२६ माघ २०७७, काठमाडौं
प्रतिनिधि सभा विघटनको विरोधमा विवेकशील पार्टीले निरन्तर विराेध प्रदर्शन गर्दै अाइरहेकाे छ । मंगलबार पनि माइतीघरमा विवेकशीलले प्रदर्शन गरेको छ।
उक्त पार्टीले जुत्ता प्रदर्शन गर्दै विधि विधान नकुल्चन सरकारलाई आग्रह गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको विरोधमा विवेकशीलले विधान नकुल्चन भन्दै विराेध जनाएकाे हाे । उनीहरुले प्रतिनिधि सभा विघटनको कदम खारेज हुनुपर्ने माग गर्दै आएका छन्। यता विघटनको विरुद्धको मुद्दाको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी रहेको छ ।