Site icon States Khabar

कार्लोस सोरियाको ८१ वर्षको उमेरमा सबै उच्च शिखर आरोहण गर्ने लक्ष्य

६० वर्षको उमेरपछि कार्लोस सोरियाले १४ उच्च शिखरमध्ये ११ वटा आरोहण गरिसकेका छन्

मास्क लगाएर जब ८१ वर्षीय कार्लोस सोरिया अभ्यासका लागि मड्रिडस्थित घरबाट निस्कछन्, उनी हिमालय क्षेत्रमा बिताएको समय सम्झन्छन्।

“श्वास फेर्न नै गार्‍हो भएपछि मलाई लाग्छ म उच्च भूभागमा छु,” मुस्काउँदै उनी भन्छन्।

उनी आउँदो सिजनमा फेरि हिमालमा आएर नेपालको धौलागिरी हिमाल आरोहण गर्ने योजनामा छन्।

त्यसपछि उनी अर्को सिजनमा तिब्बतको शीशापाङ्मा हिमाल चढ्ने योजनामा छन्। यी दुवै हिमालमा उनी सफल भएमा विश्वमा ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखरमा पुग्ने उनी सबैभन्दा बढी उमेरका व्यक्ति बन्नेछन् ।

आफ्नो जीवनभर आरोहण गरेका कार्लोस गएको दुई दशकमा उमेरसम्बन्धी आरोहणका कीर्तिमानका कारण चर्चित छन्।

उनले ६० वर्ष उमेर नाघेपछि ती १४ मध्ये ११ वटा हिमाल आरोहण गरेका छन्।

उनी ६२ वर्षको उमेरमा सगरमाथा चढेर केही समयका लागि विश्वको सर्वोच्च शिखरमा पुग्ने सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए।

सत्तरी वर्षको उमेरसम्म उनले सबै सात महादेशका उच्च हिमालहरू आरोहण गरिसकेका थिए। बीबीसी

Exit mobile version