749,602 total views, 21 views today
काठमाडौँ – प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । कांग्रेसका शुभेच्छुक संस्थाहरूले देशभर विरोध प्रर्दशन गर्न लागेको सह–महामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिनुभयो ।
ओलीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गर्न लागेको उहाँको भनाइ छ । मध्यान्ह १२ बजेदेखि साढे १२ बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रदर्शन गरिने महतले बताउनुभयो । उहाँका अनुसार काठमाडौंको टुँडिखेल आसपासमा कालोपट्टीसहित मानव साङ्लो निर्माण गरिनेछ । विरोधका लागि कालो मास्क प्रयोग गरिने कांग्रेसको शुभेच्छुक संस्थाहरूले जनाएका छन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई