अप्रिल 13, 2025

अाफूले नेतृत्व गरिरहेकाे पार्टी कम्युनिस्ट मध्यकाे मात्र नभएर देशकै ठूलाे पार्टी भएकाे अाेलीकाे जिकिर

 765,123 total views,  74 views today

माघ २३, २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा अाेलीले अाफूले नेतृत्व गरिरहेकाे पार्टी कम्युनिस्ट मध्यकाे मात्र नभएर देशकै ठूलाे पार्टी भएकाे बताएका छन् ।

शुक्रबार नेकपा बागमती प्रदेशले नारायणहिटीमा अायाेजना गरेकाे कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनले नेकपा देशकाे मूल पार्टी भएकाे र देश बनाउने र देशकाे भाैगालिक अखण्डता बचाउने पार्टी भएकाे बताएका हुन् ।

‘कम्युनिस्टको ठूलो पार्टी होइन, देशकै मूल पार्टी हो ।’ उनले भने, ‘देश बनाउने पार्टी हो र देशको भौगोलिक अखण्डता बचाउने पार्टी हो।’

उनले आजबाट कुन पार्टी मूल पार्टी भन्ने, कुन पार्टी सक्कली र नक्कली पार्टी हो भन्ने फैसला भएको दाबी गरे। ओलीले भने, ‘आज काठमाडौंमा भएको आमसभा नेपालको इतिहासमै सबैभन्दा ठूलो हो।’

प्रधानमन्त्री ओलीले आजको सभा बिथोल्न हिजो दाहाल–नेपाल समूहले नेपाल बन्द गरिएको बताए ।