डिसेम्बर 24, 2024

आमहडतालमा पीडा भोग्नु परेकोप्रति दाहाल–नेपाल समूहले माग्यो माफी

 749,605 total views,  24 views today

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले बिहीबारको आमहड्तालका क्रममा नागरिकहरुले पीडा भोग्नु परेकोप्रति क्षमा मागेको छ । आज पत्रकार सम्मेलन गर्दै नेकपाको प्रचण्ड माधव समूहले आमहड्तालले दुःख भोग्नु परेका नागरिकहरुप्रति क्षमा मागेका हो । संबैधानिक परिषदको नियुक्ति ठुलो प्रतिगमन र लोतन्त्रबिरुद्धको हर्कत भएकोले हिजोको आमहड्ताल गर्न बाध्य हुनुपरेको नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताउनुभयो । राज्य सत्ता एउटा मान्छेले क्रुर तरिकाले कब्जा गर्न खोजेकोले रहर नभइ बाध्यबस तुरुन्तै प्रतिवाद गर्न आमहड्ताल गरेको अध्यक्ष प्रचण्डको भनाई छ । अझै निरंकुशता बढ्दै गए जनतालेनै आमहड्ताल गर्ने प्रचण्डले बताउनु भयो ।
त्यस्तै , अर्का अध्यक्ष माधव नेपालले मजदुर, बिरामी , दैनिक ज्यालादारी गर्ने समुदाय तथा बिद्यार्थीहरुलाई परेको समस्याप्रति दुखी भएकोे बताउनुभयो । अहिलेको स्थितिको सबै कारक तत्व प्रधानमन्त्री केपी शर्मा ओली रहेको नेता नेपालको भनाई छ । हिजोको आमहड्ताललाई देशैभरका जनताहरुले साथ दिएर सफल भएको प्रचण्ड समुहले बताएको छ ।