Site icon States Khabar

म्यान्मार कू: राष्ट्रसङ्घका प्रमुखद्वारा सैन्य कू विफल पार्न आह्वान

४ फेब्रुवरी २०२१

केही वासिन्दाहरूले याङगुन सहरमा भाँडा बजाएर विरोध जनाएका थिए

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले सोमवार म्यान्मारमा भएको कू विफल हुने सुनिश्चित पार्न विश्व समुदायलाई आह्वान गरेका छन्।

उनले चुनावलाई उल्ट्याउनु “अस्वीकार्य” भएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका यो होइन भनेर बुझाउनैपर्ने बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सम्भाव्य वक्तब्यबारे छलफल गर्दैछ, तर कूको निन्दा हुने कुनैपनि शब्द चीनले रोक्ने ठानिएको छ।

सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सू चीलाई गिरफ्तार गरेको थियो। बीबीसी

Exit mobile version