749,674 total views, 93 views today
काठमाडौँ – संवैधानिक निकायमा सरकारले प्रक्रिया मिचेर एकतर्फी रुपमा नियुक्ती गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले विरोधमा आज देशव्यापी आमहड्ताल गरेको छ । आमहडतालमा यातायात, पसल, उद्योग, व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायत अत्यावश्यक सेवाहरू भने सुचारु रहने उहाँले बताउनुभयो ।
आमहडताल शान्तिपूर्ण हुने भन्दै श्रेष्ठले सहभागी हुन सार्वसाधारणलाई आह्वानसमेत गर्नुभएको छ । यसैबीच, उद्योगी व्यवसायीहरूले भने बन्दको विकल्प खोल्न आग्रह गरेका छन् । बन्दले कसैलाई पनि फाइदा नपुग्ने तर्क उनीहरूको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई