काठमाडौँ विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई बुधबार बिहान शपथ गराउनुभएको हो । प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राईसहितका आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश राणाबाट तथा सदस्यहरुले सम्बन्धि आयोगको प्रमुखबाट समथ लिएका हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशबप्रसाद घिमिरेका अनुसार ३२ जनाले सपथ लिएका छन् । केहीले ढिला जानकारी पाएकाले उपस्थित हुन नसकेको बताएका छन् भने केही भने बहिस्कार गरेको बताइएको छ । विभिन्न संवैधानिक निकायमा ४५ जनाको सिफारिस भएको थियो । ४५ दिनसम्म सुनुवाइ हुन नसके नियुक्तिमा बाधा नपर्ने प्रावधानलाई टेकेर नियुक्त गरिएको बताइएको छ ।
सभामुख अग्नी सापकोटाले संसदीय सुनुवाई समिति नरहेको भन्दै सिफारिस पत्र फिर्ता पठाइदिनुभएको थियो । संवैधानिक परिषद्ले नियुक्ति सम्बन्धमा गर्ने सिफारिस संसदीय सुनुवाइ समितिमा पेस हुनुपर्ने बाध्यात्मक व्यवस्था संविधानको धारा २९२ ले गरेको छ । गैरसंवैधानिक रूपमा नियुक्तिका आधारमा हुने शपथ रोक्न माग राख्दै मंगलबार सर्वाेच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेस गर्नुभएको थियो ।