डिसेम्बर 24, 2024

नेकपा अध्यक्ष प्रचण्डविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

 749,757 total views,  176 views today

काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराएका हुन् । निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकिएको छ ।
प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो । उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।