Site icon States Khabar

आज माघ १९, राजा ज्ञानेन्द्रले प्रजातन्त्रमाथि कूु गरेको दिन

काठमाडौँ – आज माघ १९ गते प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाहले शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो हातमा लिएको दिन । राजनीतिक दलहरूले यस दिनलाई कालो दिनको रुपमा सम्झने गर्छन । संसदीय व्यवस्थाबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हटाई प्रत्यक्ष निरंकुश शासन व्यवस्था लादेको दिनको रुपमा दलहरूले कालो दिनको रुपमा लिँदै आएका छन् । २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।
दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराउनुभएको थियो भने रेडियोमा समाचार प्रशारणमासमेत रोक लगाइएको थियो । राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो । ज्ञानेन्द्रको कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरूलाई एकजुटलाई एकजुट बनाएको थियो । १२ बुँदे समझदारीपछिको २०६२–०६३ को जनआन्दोलनको बलमा निरंकुश राजतन्त्रको अन्त्य भएको थियो ।

Exit mobile version