749,689 total views, 108 views today
माघ १९, म्यानमार
म्यानमारका नेशनल लिग फर डेमोक्रेसी पार्टीकी नेता आङ सान सुकी र त्यहाँका राष्ट्रपति विन मियन्टलाई सेनाले नियन्त्रणमा लिएको छ।
यसको पुष्टि सुकीका प्रवक्ताले गरेका छन्। उनले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँग सुकी र त्यहाँका राष्ट्रपति तथा अन्य नेताहरूलाई सेनाले नियन्त्रणमा लिएको बताए। आफूलाई पनि सेनाले नियन्त्रणमा लिन सक्ने उनकाे भनाइ छ।
केही समयदेखि सरकार र सेनाबीच तनाव बढिरहेको थियो। सेनाले ‘कु’ गर्न सक्ने आशंका गरिरहेकै बेला उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सेनाले आज संसद् बैठक पनि स्थगित गर्ने आह्वान गरेको छ।
नोभेम्बरमा भएको निर्वाचनमा नेशनल लिग फर डेमोक्रेसी पार्टी भारी मतले विजयी भएको थियो। तर, सेनाले भने चुनावमा धाँधली भएको दाबी गरेको थियो।
अहिले म्यानमारको राजधानी नेपीटाव र मुख्य सहर यंगुनका सडकमा सैनिक तैनाथ छन्।
त्यहाँको टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ। बीबीसी
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई