749,348 total views, 299 views today
काठमाडौँ – नेपालमा फेरि बर्डफ्लु देखापरेको छ । काठमाडौँ उपत्यकामा किसानले पालेका हाँस र टर्कीमा बर्डफ्लु भेटिएको हो । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गरिएको विभागले जनाएको छ । बर्डफ्लु देखिएपछि २ हजार ५ सय ४४ पन्छी नष्ट गरिएको छ । भारतबाट पन्छी तथा पन्छीजन्य आयातमा प्रतिबन्ध लगाइएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान