अप्रिल 12, 2025

नेकपाकाे कुनै पनि समूहले आफू आधिकारिक भएको भनेर पत्र पठाएर दाबी नगरेकोले निर्वाचन आयाेगले कुनै निर्णय नगरेकाे अायाेगकाे भनाई

 764,777 total views,  88 views today

माघ १६, काठमाडौँ

नेकपाको केपी ओली समूह र दाहाल-नेपाल समूह दुबैले राजनीतिक दल सम्बन्धी ऐन अनुसार आफू आधिकारिक भएको भनेर पत्र पठाएर दाबी नगरेकोले निर्वाचन आयाेगले कुनै निर्णय नगरेकाे अायाेगका आयुक्त ईश्‍वरी पौडेलले बताएका छन् ।

शुक्रबार आयोगले नेकपाको दुबै समूहलाई छलफलको लागि बोलाएको भएता पनि दाहाल – नेपाल समूह सहभागी भएन । आफ्ना दुबै अध्यक्ष काठमाडौं बाहिर रहेको कारण देखाउँदै उक्त समूह सहभागी नभएकाे अायाेगले जानकारी दिएकाे छ ।

आयोगले ओली समूहका नेतासँग भने छलफल गरेकोता पनि नेकपाको आधिकारिकता बारे कुनै निर्णय नगरेकाे जनाएकाे छ ।

‘नेकपाका कोही पनि नेताले राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफ्नो पक्ष आधिकारिक हो भनेर दाबी गर्नु भएको छैन,’ उनले भने, ‘हामीले नै तपाइँ आधिकारिक हो भनेर पार्टी फुटाइदिने कुरा आएन । अहिलेसम्म दुबै पक्षले आफूले गरेका निर्णय अध्यावधिक गरिदिनुस् चाहिँ भन्नु भएको हो ।’