749,668 total views, 87 views today
काठमाडौँ – प्रतिनिधि सभा विघटनपछि विभाजित नेपाल कम्युनिष् पार्टी नेकपाको दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ । नेकपाको प्रचण्ड नेपाल समूह तथा ओली समूहलाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलको लागि बोलाएको हो । निर्वाचनसम्बन्धी छलफलका लागि भन्दै आयोगले दुबै पक्षका ५५ जना व्यक्तिको उपस्थित हुनेगरी आयोगले छलफल गर्न लागेको हो । शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगले जनाएको छ । यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई