अप्रिल 12, 2025

प्रचण्डको प्रभावबाट नअलमलिएको एउटामात्रै संगठन जिफन्ट (नेपाल ट्रेड युनियन महासंघ) मात्र हाे : प्रधानमन्त्री अाेली

 764,789 total views,  100 views today

माघ १५, काठमाडौं

जिफन्टको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको प्रभावबाट नअलमलिएको एउटामात्रै संगठन जिफन्ट (नेपाल ट्रेड युनियन महासंघ) मात्र रहेको बताएका छन् ।

ओलीले अरु थुप्रै संगठनहरु अलमलिइसकेको भन्दै जिफन्टमात्रै नअलमलिएको बताए हुन् ।

उनले भने, ‘हामीले अलमलिएका साथीहरुलाई भ्रमबाट मुक्त गरेर सहीबाट हामीले देखाएर ती साथीहरुलाई पनि यो आन्दोलनमा समाहित गर्नुपर्दछ। पहिले पनि केही तत्वहरुले केही मजदुर साथीहरुले अलमल्याएका छन्।’

ओलीले आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरु, श्रमिक, मजदुरको नाम लिएर नथाक्नेहरु देशको कहिल्यै उच्चारण नगर्ने, विदेशीको दलाली गर्नेहरु अहिले आफ्नो समूहबाट चोइटिएर गएको बताए।

उनले पार्टीलाई कमजोर पार्ने काम पार्टीभित्रैकाबाट भएको गुनासो गरे। तर उनीहरु अहिले छुटेर गएको भन्दै अब ढुक्क भएको बताए।

उनले भने, ‘हामीले त अझै हटाएका छैनौँ, तर उनीहरु आफै गएँ भन्छन्।’

उनीहरु छुटेकै भएर अदालतमा मुद्दा मामिला भएको बताए। ‘कानुन पढेका साथीहरुले काम पनि राम्रै पाउनु भएको छ।’