764,786 total views, 97 views today

माघ १३, काठमाडौं
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले मंगलबार छुट्टाछुट्टै सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता गराएका हुन्।
प्रधानमन्त्री ओलीले ९ माघमा सार्वजनिक कार्यक्रममा प्रतिनिधिसभा विघटनविरुद्ध बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिलले अदालतमा तमासा’ देखाएको भन्दै टिप्पणी गरेपछि सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भनेको र कानुन व्यवसायीको अपमान गरेको भन्दै हदैसम्मको सजाय माग गरिएको छ।
अवहेलना मुद्दाको लागि वरिष्ठ अधिवक्ता आचार्य आइतबार नै अदालत पुगेका थिए। सर्वोच्चले तीन दिनपछि आज मुद्दा दर्ता गरेको छ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई