749,614 total views, 33 views today
माघ १३, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू बहादुर लडाकुकाे मात्र देश नभएर साहसीहरूकाे समेत देश भएकाे बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा विश्वकै दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ सफल आरोहण गरेर फर्किएका १० नेपालीहरुलाई बधाई दिन अायाेजित कार्यक्रमा उनले अाराेहीहरूकाे प्रसंसा गर्दै नेपाल साहसीहरूकाे समेत देश रहेकाे बताएका हुन् ।
“नेपाल बहादुर लडाकुको मात्र देश नभएर साहसीहरुको देश हो भनेर पुष्टि भएको छ,” कार्यक्रममा बोल्दै उनले भने “विश्वमा जति पनि साहसिक काम छ अब त्यो नेपालीहरुलाई छाडिदिए हुन्छ ।”
पर्वतारोहीहरु सीधै अग्ला पहाड नचढी धेरै अभ्यासपछि मात्र आरोहण गर्ने भएकोले यो एक प्रकारको साधना भएको प्रधानमन्त्रीले बताए ।
“हामीलाई त जुन पनि हिउँको थुप्रो उस्तै हो । जो कोहीलाई हिमालको दुःख थाहा हुँदैन । हिमाल चढ्ने बेलामा चुचुराको नजिकबाटै फर्कन पनि पर्न सक्छ । हरेका पाइलामा गाह्रो हुन्छ, तब न आरोही,” उनले ठट्यौली पारामा भने “नत्र भने त म पनि जान्थेँ नि ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई