अप्रिल 12, 2025

प्रहरीले गरेकाे दमनकाे विराेध

 764,821 total views,  132 views today

माघ १२, बालुवाटार

लेखक तथा पत्रकार नारायण वाग्लेले भद्र अवज्ञा आन्दोलनमाथि प्रहरीले गरेकाे दमनकाे विराेध गरेका छन् ।

साेमबार बालुवाटारमा नागरिक आन्दोलनमाथि प्रहरीकाे लाठीचार्ज र पानीका फोहराका कारण केही मानिस घाइते भएपछि वाग्ले लगायतका नागरिक अभियन्ताले विराेध जनाएका हुन् ।

‘हामी शान्तिपूर्ण तवरले धर्ना दिइरहेका थियौं। हामीले भद्र अवैज्ञा आन्दोलन लिड गरिराखेका थियौं। हामीमाथि जुन बर्बर दमन भयो विना सूचना,’ वाग्लेले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर पहिल्यै प्रहरीलाई भनेको थिएँ। हाम्रो साथीहरूसँग ढुंगा पनि थिएन।’

आफूहरूमाथि दमन भएको भन्दै वाग्लेले थपे, ‘जुन तरिकाले हामीमाथि दमन भयो, अब तेस्रो जनआन्दोलन सुरू भयो।’

सोमबार कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको सहभागीले कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको थियो।